काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।
भट्टलाई मुलुकका ठूला आयोजना हात पार्न राजनीतिक बिचौलियाको काम गर्ने, हात पारिसकेपछि अलपत्र पार्ने र निर्माणाधीन आयोजनाको लागत बढाई अनियमितता गर्ने गरेको आरोप लाग्ने गरेको छ ।
उनी यस अगाडी राष्ट्रिय योजना आयोगको सदस्य थिए ।