काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १३८ जनामा संक्रमण पुष्टि भएको छ।
काठमाडौंका १०७ जना, भक्तपुरका ८ जना र ललितपुरका २३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मंगलबार मात्र १३४ जनामा संक्रमण पुष्टि भएको थियो।
त्यस्तै आज बुधबार थप ४८४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ ।