एजेन्सी । ब्राजिलबाट चिनमा आयात गरिएको कुखुराको मासुमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ ।
शेन्जेनको लंगग जिल्लामा आयात गरिएको कुखुराको पखेटामा बुधवार कोरोना भाइरसको संक्रमण पत्ता लागेको सीएनएनमा उल्लेख छ । अधिकारीहरूले ब्रान्डको नाम भने नलिएको जनाएका छन ।
शेन्जेन स्वास्थ्य अधिकारीहरूले उत्पादनको साथ सम्पर्कमा आएकाहरुलाई तुरून्त परीक्षण गर्दा सबैको परिणामहरू नकारात्मक आएको जनाएको छ ।
हाल सबै सम्बन्धित उत्पादनहरू बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।
विश्व स्वास्थ्य संगठन डब्ल्युएचओ र युएस रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसी लगायत स्वास्थ्य अधिकारीहरूले भनेका छन् , ‘खानाको माध्यमबाट भाइरस सर्ने सम्भावना कम छ।’ यो खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।