सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जुगल पहिरो : २२ जनाको शव फेला, अझै १७ जना बेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा गत शुक्रबार गएको पहिरोमा परेर बेपत्ता भएका मध्ये हालसम्म २२ जनाको शव निकालिएको छ। १७ जना अझै बेपत्ता रहेका छन्।

सिन्धुपाल्चोक प्रहरीका प्रवक्ता डिएसपी माधव काफ्लेका अनुसार आज थप तीन जनाको शव निकालिएको हो। उनीहरुको नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोलीले पहिरो पन्छाउँदै थप शव निकालेको काफ्लेको भनाइ छ।

पहिरो गएको दिन शुक्रबार ११ जना, शनिबार थप सात र आइतबार एक जनाको शव निकालिएको थियो। आइतबार र सोमबार फेला परेको शवको पहिचान पनि भएको छ।

मृतकमा १२ वर्षीय हिन्तोष दोङ, ६ वर्षीय सुमन दोङ, १० वर्षीय सुमन दोङ र २२ वर्षका अजय दोङ रहेको जुगल गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिइन्। यस अघि १८ जनाको शवको पहिचान भइसकेको छ।

पहिरोले गहिरो गरी किचेका घरबाट शव निकाल्न घरेलु हतियारले सम्भव नभएपछि सके एक्स्काभेटर नसके जेसिबी भएपनि ल्याउने तयारी गरिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »