काठमाडौं । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये काठमाडौंमा १ सय ३४ जना, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
मंगलबार काठमाडौं उपत्यकामा २ सय ५ जनामा कोरोना पुष्टि भएको थियो।
पछिल्लो २४ घण्टामा नेपालमा ६८१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
रो सहित कुल संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको छ।
कोरोनाले अहिलेसम्म १ सय २० जनाको मृत्यु भएको छ।