सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मानवियता हराएको यो शहर मा मानवधर्म निभाउँदै इन्दिरा राना मगर: बालाजु क्षेत्रमा साथ दिदै छन् च्याङ्बा

No description available.

कोरोना भाइरसले विश्व लाई नै आक्रान्त बनाइ रहेको यो अवस्थामा नेपाल जस्तो अबिकशित राष्ट्रलाई परेको प्रभाव सजिलै आँकलन गर्न सकिन्छ । अझ बिषेश गरी शहरी क्षेत्र मा ज्याला मजदुरी गरेर बिहान बेलुकी को छाक टार्नु पर्ने हरु को त हालत के भएको होला बिचार गरौ त ? कुनै ठाउ मा त घर बाट बाहिर निस्केको आरोप मा घर बेटी हरुले घरबाटै निस्कने दवाब पनि दिएको समेत सुनिन आएको छ ।
यो अवस्था लाई नजिकै बाट नियाली रहेकी समाजसेवी इन्दिरा राना मगर ले पहिलो लक्डाउन को केहि समय पछी बाट सडक मा रहेका ज्यामी , मजदुर र बेसाहरा हरु लाइ निशुल्क भोजन गराउदै आइ रहेकी छिन ।


काम को शिलसिलामा बाहिर निस्कदा एक ब्यक्तिले फोहोर को थुप्रो मा खानेकुरा खोजेर खाइ रहेको देखेर उनि को मन मा गहिरो छाप परेको उनि बताउछिन । केहि संघ ,सस्था र सरकार ले दिएको चामल समेत बेचेर रक्सी खादै हिडेको देखेपछी राहत दिनु भन्दा खाना खुवाउनु नै राम्रो हो भन्ने लागेर यसरि खाना खुवाउन लागेको उनि को तर्क छ ।
पहिलो दिन २० जना लाई खाना खुवाएर कार्य शुरु गरेकी राना मगर ले अहिले ४५० जना सम्म लाई खुवाउछिन ।रत्नपार्क आस्पास को क्षेत्र मा उनिलाई भात खुवाउने आमा को उप नाम ले समेत चिन्न थालेका छन ।
केहि ठाउमा भिड्भाड र फोहोर भयो भन्ने निहु मा स्थानिय को बिरोध समेत हुनेगरेको भएपनी प्रसासनिक संयन्त्र बाट भने सहयोग भइ रहेको उनिले बताएकि छन । काठ्माण्डौ को गल्ली गल्ली मा पुगेर दैनिक खाना खुवाउने काम मा ट्याक्सी चालक लीला रेग्मिले सघाइ रहेका छन ।

No description available.


यसरि खाना खुवाउने कार्यमा बालाजु क्षेत्रमा दैनिक त्यस क्षेत्र का समाज सेवी सानु कान्छा तामाङ (च्याङ्बा )सकृय रुपमा लागिरहेका छन । बालाजु बिष्णुमती पुल मा रहेको शिव मन्दिर आस पास बस्ने पिडित हरु लाई खाना खुवाउने त्यस क्षेत्र मा सरसफाइ अभियान चलाउने काममा उनि लागिरहेका छन । नव गठित बालाजु संरक्षण समिती को कोषाध्यक्ष समेत रहेका च्याङ्बा ले मानवता हराएको यो शहर मा सामाजिक काम को आवरण मा नाजायज फाइदा उठाउने को संख्या उल्लेख्य रहेको र समय आएपछी कानुनी रुपमै त्यस्लाई ठेगान लगाउन आफुहरु ले पहल गरिरहेको बताए का छन ।

भर्खरै

सम्बन्धित खबर

Language »