कबिता
“तिमी रिस्याउछौ र त म “ ?
(१)
जीबनको लामो यात्रा बनिरह्यौ बत्ती
कठिन यात्रा पार गरेछौ पत्तै भएन कत्ती ।।
कहीले तिमी हुन्थ्यो खुशी कहीले ठास्स ठुस ।
त्यही उर्जाले जलाईन्थ्यो मनभीत्रको तुष ।।
(२)
तिमी अक्सर रिस्याउदा मलाई मिल्थ्यो शक्ति ।
त्यसैले त कहिल्यै आएन खराब बिचार, मती ।।
सधै मलाई मिलिरह्यो सद्धप्रेरणा र मान ।
अक्सर तिमी रिस्याउथ्यो नि त्यही भएर जान ।।
(३)
कति पिडा छटपटी दबाएरै हुन्थ्यौ खिन्न ।
बाहीर हेर्दा हासेकै छौ कतै छैन भीन्न ।।
उ बेलामा फुर्सद थिएन सधै ड्यूटी भाको ।
अईस्याट लाग्दथ्यो कति सारो भेट्नै काहा पाको ।।
(४)
तिमी अक्सर रिस्याउथ्यो नि,त्यसैले हुने सजग ।
दुख सुख चक्र सम्झी पिडा भीत्रै मज़ाक़।।
आजको फुर्सदीलो,मस्त, ब्यस्त जीन्दगीका ब्यथा ।
रिसियेकी मुहार भीत्र त रैछ कति अर्ति, लाखौ शुभेच्छा !!
(५)
तिमी अक्सर रिस्याउदा मलाई मिल्थ्यो शक्ति ।
त्यसैले त कहिल्यै आएन खराब बिचार, मती ।।
जीन्दगीको छोटो यात्रा कहीले घाम कैले हुरी ।
रमाऔ है रुखो सुखो कैले भोकै, त कैले खिरमा नि पुरी ।।