काठमाडौं। विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन ।
अहिलेसम्म संक्रमितको संख्या २ करोड ४६ लाख नाघेको छ भने ८ लाख ३४ हजारभन्दा बढीको मृत्यु भएको छ ।
कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर २ करोड ४६ लाख ५ हजार ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ८ लाख ३४ हजार ७७३ जनाले ज्यान गुमाएका छन् ।
अहिलेसम्म १ करोड ७० लाख ७६ हजार ५२९ जना कोरोना मुक्त भएका छन् ।