काठमाडौँ । सुनको मूल्य शुक्रबार प्रतितोला ७ सय रुपैयाँले घटेको छ ।
बिहीबार प्रतितोला ९७ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९६ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।