काठमाडौं । सुनको मूल्य फेरि बढेको छ । आइतबारको तुलनामा सुनुको मूल्य प्रतितोला ३ सय रुपैयाँ बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको छ ।
यसअघि आइतबार छापावाल सुन तोलाको ९७ हजार २ सय र तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदी प्रतितोला १५ रूपैयाँले बढेर १३ सय ६५ रुपैयाँ पुगेको छ ।