काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।
उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
उनका अनुसार काठमाडौंका ३९३ जना, भक्तपुरका ३० जना र ललितपुरका ५८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो।
पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ६९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
३४४ महिला र ७२५ पुरुष गरेर २४ घण्टामा १ हजार ६९ जनामा संक्रमण पुष्टि भएसगैं कुल संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ ।