काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित भएका छन् ।
सरकारको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन् ।
गौतम राष्ट्रियसभा सदस्य मनोनित भएका राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।