काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ४७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ११ हजार आठ सय २ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर प्रवक्ता गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० पुगेको छ ।
अहिले संस्थागत आइसोलेसनमा १३ हजार ९२३ जना रहेका छन् भने होम आइसोलेसनमा १९ हजार ९५७ जना छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४ हजार ४३० जनाको पीसीआर परीक्षण भएको छ । आइतबार १४ सय ७३ जना डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७७ हजार २७७ पुगेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६४५ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाले काठमाडौं उपत्यकाका ८ जनाको मृत्यु भएको छ भने १४ सय १६ जनामा संक्रमण देखिएको छ।
काठमाडौंका १८८८ ,ललितपुर २७७ र भक्तपुरका ११८ जनामा संक्रमण देखिएको गौतमले जानकारी दिए।