संचारकर्मी सिङ्ग मोक्तानको शब्द रचना रहेको तामाङ दोहोरी गीत बजारमा आएको छ । गायक युनिक दोङको प्रस्तुति रहेको यस गीतमा युनिक दोङ र गायिका जितु लोप्चनले स्वर भरेका छन् । साथै यस गीतको संगीत विशाल काल्तनले गरेका हुन् । जोगलाल लामाको ऐरेन्ज रहेको यस गीतको मिक्सिङ दिपेश प्रधानले गरेका हुन् । सगु सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यश गीतको भिडियो पनि चाडैँ बजारमा ल्याउँने तयारी रहेको निर्माण पक्षले बताईएको छ । उक्त गीत सुपर सेलो च्यानल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।