सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

YSK को “रेभन चस्मा मिरी” हेलिकप्टरको तहल्का, तामाङ समुदायमा धमकेदार गीत

काठमाडौँ । सिन्धुलीको मुलकोट बजार साँच्चिकै हेलिको आवाजले थर्कियो । एक्कासि हेलिको आवाज कानमा गन्जायमान हुँदा स्थानीयमा के भयो भन्ने त्रास फैलिएको थियो तर त्यो त्रास एकै छिनमा समाधान भयो । हेलि हेर्नका लागि हजारौं मुलकोटबासी सुनकोशिको बगरमा ओइरियो । सधैं आकाशमा मात्र उडेको देख्ने हेलिलाई नजिकबाट नियालेर हेर्ने अवसर मिलेको थियो भने कतिले त हेलिको अगाडी बसेर सेल्फि लिदै थियो ।


वाइ यस के ग्रुपको रेभन चस्मा गीतको म्युजिक भिडियो सुटिङको क्रममा अवतरण गरिएको हेलिलाई सिन्धुलीको मुलकोटबासीले यसरी नजिकबाट हेर्ने अवसर मिलेको हो । केही स्थानीयले त प्रति व्यक्ति पैसा तिरेर पनि हेलिको अनुभव बटुलेका छन् ।


वाइ एस के ग्रुपले करिब पाँच वर्षपछि तामाङ सांगीतिक क्षेत्रमा ¥याप गीतको माध्यमबाट तहल्का मच्चाउेन योजनाका साथ सिन्धुलीको मुलकोट आसपासमा म्युजिक भिडियो सुटिङ गरेको छ ।
गायक साङदुप लामा, कवाङ लामा, याङसाङ लामा र गायिका शशिकला मोक्तानको आवाजमा यो रेकडिङ यो गीत साँच्चिकै तामाङ समुदायले मन पराउने नायक तथा निर्देशक अमिर दोङको दाबी रहेको छ ।


रेभन चस्मा मिरी म्युजिक भिडियो शुटिङको बारेमा नायक तथा अमिर दोङ्ले यसरी बताउनुभयो ।
हामीले म्युजिक भिडियोकै बारेमा YSk group को गायक साङ्डुप लामासँग कुराकानी गर्दा यसरी प्रष्ट्याउनु भयो ।

यस रेभन चस्माको म्युजिक भिडियो नायक तथा निर्देश अमीर दोङको अहिलेसम्मकै ठुलो र महँगो प्रोजेक्ट हो भन्दा फरक पर्दैन ।


YSk group ko पाँच वर्ष पछाडिको यो पहिलो प्रस्तुति हो । यो ग्रुपको सुटिङ्को क्रममा नै फैलिएको तरङ्गले तामाङ म्युजिक भिडियोको बजारमा खैलाबैला मच्चाएको छ । यो म्युजिक भिडियो सुटिङ को बारेमा जति चर्चा चलेको छ त्यति नै नायक निर्देशक अमिर दोङ्लाई पनि चुनौती थपिएको छ ।
सबैभन्दा रोचक प्रसङ्ग के हो भने नायक अमिर दोङ्ले YSk group को गायक गायिका लाई हेलिकप्टर बाट अवतरण गराउन खोज्दा सिन्धुलीको मुलकोट बजारमा भुकम्प गएको थियो हेलिकप्टरको हावाको बहाबले भने रिसोर्टमा भएको कुर्सी टेबल सबै उडाएको थियो ।

यो तामाङ ¥याप गीतमा मोडल निरञ्जली लामा, पुसन लामा, अनुस्का लामा साथै वाङ्देन लामा, दधराज लामा, राज लामा, कुल बहादुर लामा, पासाङ लामा, सन्जय लामा लगाएतका कलाकारहरुको अभिनय रहेका छन् । सामाजिक रुमा के सन्देश देला दर्शकहरुको प्रतिकृया अवश्य नै यो म्यूजिक भिडियो सार्वजनिक भएपछि आउने नै छन् तर यो म्युजिक भिडियोको निर्देशक अमिर दोङ, गायक साङदुप लामा, कवाङ लामा, याङसाङ लामा र गायिका शशिकला मोक्तानलाई सफलताको शुभकामना ।

भर्खरै

सम्बन्धित खबर

Language »