सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राजा महेन्द्रको स्मृतीमा देशै भरी शालिक मा माल्यर्पण गर्न पुगे राजावादी हरु

काठ्माण्डौ ।

राजा महेन्द्रले २०१७ साल पुष १ गते चालेको कदम सही थियो भन्दै महेन्द्र को स्मृतीमा आज राजावादीहरुले राजा महेन्द्रको शालिकमा देशैभरी माल्यार्पण गरेको बताएका छन् ।
राजा महेन्द्रको पालामा निर्माण गरिएको नारायणहिटी राजदर्वार को नजिकै दरवार मार्ग चोकै मा रहेको महेन्द्र को शालिक मा माल्यर्पण गर्दै बक्ताहरुले यसो भनेका हुन ।
देश मा राज्नैतिक अस्थिरता बढ्दै गएपछी यो ब्यबस्था भन्दा राजाको सासन काल नै ठिक हो भन्दै बिगत केहि समय देखी राजाको पक्षा मा वकालत गर्ने समुह सडक तताउन देशै भरी शक्ती प्रदर्शन गरी रहेको छ ।
पुर्विय दर्शन को आधार मा राज संस्था रहेको ले यस लाई जोगाउनु आफ्नो दायित्व भएको कार्यक्रम मा उपस्थित राष्ट्रीय सरोकार मन्च नेपालका महासचिव अर्जुन सिं बिस्ट ले बताए । मन्च ले बिगत केहि महिना अगाडीनै यो अवस्था आउने भन्दै ७७ वटै जिल्ला प्रशासन कार्यलय मार्फत प्रधानमन्त्री, गृह मन्त्री लाई ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाएको तर त्यस लाई खिल्ली उडाएर वस्ता समेत नगरेको ले हामी ले यसरि सडक को संघर्ष लाई अगाडी बढाउन बाध्य भएको महा सचिव बिस्ट ले प्रस्ट पारेका छन् ।
संघियताको खारेजी , राजासहिता को हिन्दू राष्ट्र नेपाल तथा २०४७ साल को संबिधान को पुनर्बहाली को लागी अब एक बृहद आन्दोलन को तयारी भई रहेकोले त्यसको सामना गर्न तयार भएर वर्तमान राज्य सत्ता लाई उनले चुनौती समेत दिएका छन् ।
सिन्धुपाल्चोकका पन्चायत कालिन नेता ईन्द्र बहादुर ठकुरी ,तथा पोखरा का युवा नेता किशोर गुरुङ समेत को उपस्थिती रहेको कार्यक्रम मा उपस्थित सबैले राजामहेन्द्र एक कुशल प्रशाशक र दुरदर्शी नेता समेत भएको भनेर राजाको प्रसंसा गरे का थिए ।

राष्ट्रीय सरोकार मन्च नेपालका महासचिव अर्जुन सिं बिस्ट

भर्खरै

सम्बन्धित खबर

Language »