सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेबाट ओली समूहको केन्द्रीय समितिमा चारजना मनोनित

नेपालगञ्ज, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को ओली पक्षले आफु निकटका नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक राखेका अध्यक्ष ओलीले केन्द्रीय कमिटी विस्तार गर्नुभएको हो ।

बैठकले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको छ । २०७८ मंसिर २ मा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ । हाल कायम रहेका ४४७ केन्द्रीय सदस्यमा ५५६ जना थप गरेका छन् भने १९६ जना थप्न बाँकी छ ।
ओली पक्षको केन्द्रीय कमिटीमा बाँकेबाट देवराज भार, नन्दलाल रोकाय, शान्ति ढकाल, दिपा शर्मा मनोनित हुनुभएको केन्द्रीय सदस्य मोहम्मद हारुनले जानकारी दिनुभयो ।

यसैगरी बर्दियाबाट श्याम ढकाल, दामोदर अर्याल, भिम केसी लगायत केन्द्रीय कमिटीमा मनोनित हुनुभएको छ । नेकपाका केन्द्रीय सदस्य हारुन र दिनेशचन्द्र यादव ओली पक्षमा छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »