कविता
डा. लक्ष्मी पौडेल
कहिल्यै डगमगाएनन् यि अभियन्ता
न त भूकम्पको त्रासले छोयो,
न त सेरेटोको वासले नै छोयो
किन हो कुन्नी,
कहिल्यै डगमगाएनन् यि अभियन्ता
न त पुष माघको कठ्याङ्गृदो जाडोले छोयो,
न त असा र साउनको बर्खे झरिले नै छोयो
किन हो कुन्नी,
कहिल्यै डगमगाएनन् यि अभियन्ता
न त दशै तिहार जस्ता चाडपर्वले छोयो,
न त घरको काम जुठो सुतक पर्दाले नै छोयो
किन हो कुन्नी,
कहिल्यै डगमगाएनन् यि अभियन्ता
न त यिनिहरुले पैसा र आनन्द रोजे,
न त पद र सम्मान नै खोजे
किन हो कुन्नि,
अरुले गरेको फोहोर र ढल सोर्न मै आनन्द रोजे
कोरोना आयो सबैले घर भित्र रोजे,
वोल्लो घर पल्लो घर राम्रो सँग हेर्न पनि छोडे
किन हो कुन्नी
यि अभियन्ताले सरसफाइ महाअभियान को निरन्तरतालाई नै रोजे
स्कुल, कलेज, अफिस सबै बन्द गरे,
सबै जना ब्यापार ब्यावसाय बन्द गरी सबै घर भित्रै बसे
किन हो कुन्नि,
यि अभियन्ता मक्स पन्जा लगाई,
भौतिक दुरी कायम गरौ भन्दै खोला भित्रै पसे
कोही भन्छन नगरपालिकाको जागिर खाने,
कोही भन्छन टन्नै तलब होला नि नानि,
खोइ किन कुन्नि,
यि अभियन्ता पद र तलब बिना,
काम नअराईकन काम गरिरहने बानि
यिनिहरुको समर्पण देख्दा
अचम्म लाग्छ के छ यसमा शक्ति,
नेपाल कस्तो हुन्थ्यो होला
सबैमा आए यस किसिमको देशभक्ति
खै कुन्नी देशले चिन्न सकेको छ छैन,
यिनिहरुको सम्पर्ण र देशभक्ति
एक पेट खानुछ, एकसरो लगाउनु छ,
पद पैसा र शक्तिको पछाडी कुद्नेलाई के थाहा,
निस्वार्थ राष्ट्रसेवा मा के कती आनन्द छ ।