सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जानकी गाउँपालिकामा भूमि आयोगको ईकाई स्थापना अषाढ भित्रै पुर्जा बितरण गछौँ : अध्यक्ष ज्ञवाली


नेपालगन्ज, बाँकेको जानकी गाँउपालिकामा भूमिहीन तथा अब्यवस्थित जग्गाको लगत संकलनका लागि ईकाईको स्थापना गरिएको छ ।

जानकी गाँउपालिकामा भुमि सम्बन्धी समस्या समाधान आयोगले अब्यवस्थित जग्गाको लगत संकलनका लागि ईकाईको स्थापना गरेको हो ।


उक्त ईकाईको उद्घाटन नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गरेका छन । कार्यक्रममको उद्घाटन सत्रमा बोल्दै मन्त्री ज्ञवालीले सरकारले सेवा गर्नु पर्ने लक्षित समुह कुन् हो भन्ने कुराको निक्र्यौल गर्दै भूमि सम्बन्धित सबै समस्याको समाधान हुने गरी सो ईकाई उद्घाटन गरिएको जानकारी दिए ।


नेपालमा ठुलो संख्यामा भुमिहिनहरु रहेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले रातिमा आकाश ओढेर र भुईं विछ्याएर बाँच्नु परेको अवस्थाको अन्त्यका लागि यो अति नै महत्वपुर्ण रहेको दाबी गरे ।
मन्त्री ज्ञवालीले नेपालमा विगतका दिनमा रहेको सामन्ती राज्य व्यवस्था र त्यो व्यवस्थाले निर्माण गरेको सामन्ती भु–स्वामित्वको उपज आजका भुमिहिनहरु भएको बताउदै अब त्यो अवस्था नरहने दाबी गरे ।

कार्यक्रममा भुमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवि प्रसाद ज्ञवालीले आयाृेगले घरमै आएर सुकुम्बासीको समस्याको लागत लिने जानकारी दिए । उनले अषाढ भित्रै पुर्जा बितरण गर्ने समेत बताए ।


कार्यक्रममा जानकी गाँउपालिकाका प्रमुख राम निवास यादव, उपाध्यक्ष भुमिसरा धिताललगायत स्थानीयको उपस्थिति रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »