काठमाडौं । स्वास्थ्य, शिक्षा, पर्यटन पूर्वाधार समृद्ध तेमालको अाधार भन्ने मुल नाराका साथमा तेमाल गाउँपालिकाको अाठौं गाउँसभा २०७७ सुचारु भैरहेको छ । तेमाल गाउँपालिकाको अध्यक्ष सलाम सिं तामाङको सभा अध्यक्षतामा सुचारु भैरहेको गाउँ सभाबाट आर्थिक, सामाजिक र कानुनी पक्षहरुलाई समेटेर तयार गरेको संसोधित नीतिगत निर्णयहरुलाई कार्यन्वयन गर्ने गरि आठौं गाउँ सभा हुँदै छ ।
स्वागत मनतव्यको क्रममा तेमाल गाउँपालिकाको प्रवक्ता ज्ञान बाहदुर तामाङफे कर्मचारी र पत्रकारको महत्त्वपूर्ण भुमिका हुने भएको हुनाले सबैसंग जन प्रतिनिधिहरुको समन्वय राम्रो हुनुपर्ने धारणा राख्नु भएको थियो । तेमाल गाउँपालिकाको उपाध्यक्ष दुर्गामाया तामाङले संसोधित नीति तथा कर्यक्रमको प्रस्ताव पेस गर्नुभएको थियो । यसैगरी आठौं गाउँसभाका सभाध्यक्ष सलाम सिं तामाङले वार्षिक प्रगति प्रतिवेदन र संसोधित प्रतिवेधन पढेर प्रस्तुत गर्नु हुँदै छ र सर्वसहमतिमा गाउँ सभाका सदस्यहरुले पारित गरेको छ ।
गाउँसभामा वडा नं. ५ का वडाध्यक्ष प्रविन कुमार मोक्तान र वडा नं. ४ को वडाध्यक्ष आस्पुर लामा मात्र उपस्थित थिएन भने अन्य सबै उपस्थित रहेका थिए । प्रशासकीय अधिकृत लक्ष्मण कुईकेल कार्यक्रम संचालकको रूपमा हुनुहुन्छ ।