सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रोटरी क्लब अफ काठमाण्डौ डाउन टाउन को आयोजना मा रक्तदान सम्पन्न

काठमाण्डौ

                                                                           कोरोना भाइरस (कोभिड् -१९) को प्रभाव संगै अस्पताल हरुमा बिरामिको लागि आवस्यक पर्ने रगत अभाव हुन थाले पछि बिभिन्न संघ सस्थाको आयोजनामा रक्तदान कार्यक्रम भइरहेको  छ  ।

समाज सेवाको यात्रामा निरन्तर लागी रहेको रोटरी क्लब अफ काठमाण्डौ  डाउन टाउन ले आज बसुन्धरा ,चौकी स्थित ग्रीन सिटी हस्पिटल  को प्रागणमा एक रक्तदान कार्यक्रम आयोजना  गरेको छ  ।

रक्त अभावलाई न्युनिकरण गर्ने उदेस्यका साथ आयोजना गरीएको यो कार्यक्रम  को संयोजन ग्रीन सिटी हस्पिटल का अध्यक्ष तथा रोटरी क्लब अफ काठ्माण्डौ डाउन टाउन का सकृय सदस्य लोक बहादुर टन्डन ले गरेका थिए।

“सन् १९०५ मा अमेरिकामा स्थापना भएर हालसम्म करीब २१२ देशमा बिस्तार भएको यो संस्था नेपालमा पनि बिगत केहि बर्ष देखि  कृयाशिल रहंदै आएको   छ। बिभिन्न पेसा ब्यबसाय मा आबद्ध रहेर केहि समय सामाजिक काममा लाग्न चाहने ब्यक्तीत्व हरुको एउटा ल्कब यो रोटरी क्लब हो । भावनात्मक रुपमा एक हुनसक्ने  सामाजिक संस्कार  को बिकास गर्दै जन सम्पर्क बिस्तार गरेर अगाडी बढ्ने चाहना अनुरुप ५५जना चार्टर मेम्बर हरु बाट शुरु गरीएको   रोटरी क्लब अफ काठमाण्डौ डाउन टाउनले आफ्नो स्थापनाको छोटो समयमानै बिभिन्न सामाजिक काम हरु मार्फत आम जनमानस मा बस्न सफल भएको  क्लब  का चार्टर प्रेसिडेन्ट  श्याम पराजुली ले बताएका छन्।

जुम्ली सेवा समाज  का वरीष्ठ सल्लाहाकार, युवा ब्यबसायी , समाजसेवि  तथा रोटरी क्लब अफ काठमाण्डौ डाउन टाउन का सचिव सुमन खत्री ले रक्तदान गर्दै आफुले सक्दासम्म यो समाज  को लागी बिषेश गरी स्वास्थ्य ,शिक्षा ,र रोजगार को लागि सक्दो कार्य गर्ने बताए  ।

१०० जना को रक्तदान गर्ने लक्ष्य लिएको क्लब  ले ६० जना जती  को रगत संकलन गरेको छ  । कोरोना भाइरस बिरुद्ध को खोप प्रयोग गरेका ब्यक्ती हरुको रगत संकलन गर्न नमिल्ने भएको  कारण रक्तदाता घटेको रक्तदान कार्यक्रम का संयोजक लोक बहादुर टन्डन ले बताएका छन्  ।

भर्खरै

सम्बन्धित खबर

Language »