नेपालगञ्ज, नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १८ मा धमाधम विकास निर्माणका आयोजनाहरु अघि बढेका छन् । वडा अध्यक्ष दिपक वर्माका अनुसार वडाभित्र सडक तथा नाली निर्माण कार्यलाई चालु आवमा समेत प्राथमिकता दिइएको छ ।
हाल सुर्खेतरोडस्थित सिद्धार्थभ्यूदेखि पश्चिम स्वास्थय चौकी जाने सडक कालोपत्रे भईरहेको छ । नाला सहित ८ मिटर सडकको कालोपत्रे कार्य तिव्ररुपमा अघि बढेको वडा अध्यक्ष वर्माले जानकारी दिनुभयो । ५७५ मिटर लामो सडकको शिलान्यास गर्दै वर्माले वडाभित्र सडक स्तउन्नतीलाई प्राथमिकता दिइएको बताउनुभयो ।
चालु आवमा मात्रै करिब एक दर्जन सडक स्तरउन्नतीका आयोजना रहेका छन्, वडा अध्यक्ष वर्माले भन्नुभयो,– विकास निर्माण कार्यमा तिव्रता दिइएको छ । वडाभित्र पार्क निर्माण, पक्की नाला निर्माण,पीसीसी बाटो सडक निर्माण ,सोलार बत्ति जडान,र माटो पटान तथा ग्राबेलको काम हुनेछन ।
यसैगरी विकास निर्माणका अन्य योजना रहेका छन् । वडा अध्यक्ष दिपक वर्मा, वडा सदस्य दिग्विजिय ढुंगाना सहितका वडा सदस्य र कर्मचारीहरुले वडाभित्र सञ्चालित विकास निर्माणका आयोजनाहरुको अनूगमन गर्नुभएको छ ।
यसैगरी विकास निर्माणका योजनाहरुमा देखिएका समस्या समाधानमा समेत जनप्रतिनिधीहरुले पहल गर्दै आउनुभएको छ ।