काठ्माण्डौ,
राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका नागरिकको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी अध्यादेश जारी गर्नु भएको छ ।
राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार बेपत्ता पारिएका नागरिकको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश २०७७ जारी गर्नुभएको हो ।
संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपतिले अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको हो ।