नमोबुद्ध ५ कानपुर मा बृहद ल्होछार साँस्कृतिक कार्यक्रम संपन्न
काभ्रेपलान्चोक। २५५७ औं लाङ – म्हे ल्हो सोनाम ल्होसारको अवसरमा नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यतामा नमोबुद्ध नगरपालिका–५ को कानपुरमा ल्होछार विशेष वृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा रोशी गाउँपालिका अध्यक्ष डिबी लामा, नमोबुद्ध नगरपालिकाका उपप्रमुख रामदेवी तामाङ, नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, अन्तर्राष्ट्रिय तामाङ परिषदका उपाध्यक्ष टासी लामाको विशेष आतिथ्यता रहेको थियो ।
कलाकारहरुमा हास्य कलकार राजु पौडेल (राजु मास्टर) मरिचमान श्रेष्ठ (बल्छी धुर्बे), तामाङ कलकारहरुमास् गायक निमा दोङ, प्रयास दोङ, प्रतीक मोक्तान, बेनु लामाखोर, हावा लामा, वाई यश के ग्रुप, गायिका तथा हास्यकलाकार सुनिता लुङ्बा, एलिना राईमाझी, मीन श्रेष्ठ, हरिमाया रायमाझी लगाएत स्थानीय कलाकारहरुको प्रस्तुति रहेको थियो ।
कार्यक्रमको बिषेश अतिथि कलाकारमा तामाङ्ग महानायकको रुपमा परिचित अमिर दोङ्ग र चर्चित हास्यकलाकार कुईसाङ्ग रुम्बा को प्रस्तुतिलाई दर्शक हरुले अत्यधिक मन पराएका थिए ।
पत्रकार छेडुप दोङ तामाङले सञ्चालन गरेको कार्यक्रम ल्होसार कार्यक्रम मुल समारोह समितिका संयोजक सिंगवहादुर लामाको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा नमोबुद्ध ५ का वडाअध्यक्ष वुद्धसिं तामाङ, नमोबुद्ध नगरपालिका ७ का वडाअध्यक्ष धर्मसिं लामा, वडा नं. १० का वडाअध्यक्ष रामकृष्ण अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
औपचारीक कार्यक्रम हुनुभन्दा अगाडी स्थानिय लामा गुरु ,झाँक्री , बोम्बो ,ताम्बा हरु ले आफ्नो बिधि अनुसार पुजा पाठ समेत गरेर अघिल्लो बर्षको सबै दशा ग्रह फ्यालेर नयाँ बर्षलाई स्वागत समेत गरेका थिए ।
Language »