सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

युनेस्को क्लबहरुलाई आयोगद्धारा नेतृत्व सम्बन्धि तालिम प्रदान


नेपालगन्ज, युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगले यस क्षेत्रका विभिन्न जिल्लामा रहेका युनेस्को क्लबहरुका लागि नेपालगन्जमा नेतृत्व सम्बन्धि तालिमको आयोजना गरेको छ ।

बाँके युनेस्को क्लबसंगको समन्वयमा आयोगले बाँके, बर्दिया, प्युठान र रुकुममा रहेका युनेस्को क्लबहरुका पदाधिकारी र कार्यसमिति सदस्यहरुका लागि यहाँ लिडरशिप तालिमको आयोजना गरेको थियो ।

सो तालिमको उदघाटन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमसेर राणाले सामाजिक कार्य र अन्य विभिन्न गतिविधिमा युनेस्को क्लबहरुको भूमिका महत्वपुर्ण रहेको बताउनुभयो ।

उहाँले कोभिड १९ महामारीमा बाँके युनेस्को क्लबले गरेको कार्य अतिनै प्रशंसनीय रहेको पनि बताउनुुभयो । सो तालिममा युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा. बाबुराम अधिकारीले युनेस्कोको बारेमा विस्तृत रुपमा जानकारी गराउँदै आयोगको पनि काम कारवाही र जिम्मेवारीलाई प्रष्ट पार्नुभयो ।

सोही प्रकारले उक्त अवसरमा युनेस्को क्लबहरुको राष्टिय महासंघका अध्यक्ष आनन्दराज त्रिपाठी, महासंघका वरिष्ठ उपाध्यक्ष दिपक सरकार र महासचिव महेश्वर प्रसाद शर्माले युनेस्को सम्बद्ध शिक्षालय परियोजना, अमूर्त संस्कृति र सम्पदा तथा क्लबहरुले गर्ने कार्यक्रमका बारेमा विस्तृत रुपमा जानकारी गराउनु भएको थियो ।

सो अवसरमा बाँके युनेस्को क्लबमार्फत बाँके र बर्दियामा सञ्चालन भैरहेका विभिन्न कार्यक्रम तथा परियोजनाका बारेमा क्लबका कार्यक्रम संयोजक बसन्त विसीले जानकारी गराउनु भएको थियो ।

तलिममा बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकी, अध्यक्ष राजेन्द्र चौधरी, कार्यकारी निर्देशक रवि तुलाधर लगायत पदाधिकारी र सल्लाहकारहरुको सहभागिता रहेको थियो भने सूर्य पटुवा युनेस्को केन्द्र बर्दिया, संस्कृति युनेस्को बर्दिया, शिक्षा युनेस्को बर्दिया, प्युठान युनेस्को केन्द्र र सानो भेरी युनेस्को क्लब रुकुमका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । तलिममा सहभागि भएकाहरुलाई युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा. बाबुराम अधिकारीले प्रमाणपत्र समेत प्रदान गर्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »