कबिता
डि बि पराजुली
तिम्रो लुटको महल
भत्कनेछ एकदिन।
तिम्रो झुटको पर्दाफास हुने छ
त्यहि दिन ।
बुझीराख्दा राम्रो
पर्दा पछाडीको तिम्रो कालो स्वरुप
मनका भित्ता भित्तामा
देखिनेछन् त्योदिन ।
तिमिले मलाई झुक्यायौ ,
तिमिले उसलाई पनि झुक्यायौ ।
आफैंलाई त झुक्याएका छैनौ होलानि ?
आफ्नै मन भित्रको रापमा
जलेर मर्ने छौ एकदिन ।
तिम्रो लुटको महल
भत्कनेछ एकदिन ।
तिमिले भित्ताको भगवानलाई झुक्यायौ ।
मन्दिर को मुर्ती लाई पनि झुक्यायौ
आफ्नै मनको देवतालाई त
झुक्याएका छैनौ होलानि?
उसकै श्राप लागेर
मर्नेछौ एकदिन ।
आफ्नै मन भित्रको रापमा
जलेर मर्नेछौ मर्नेछौ एकदिन ।
तिम्रो लुटको महल
भत्कनेछ एकदिन ।
पक्कै पनि भत्कनेछ एकदिन ।