काठमाडौँ । “ एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक“को अवधारणा अनुरुप यहि चैत्र २१गते प्रधानमन्त्री केपि शर्मा ओलि बाट सिन्धुपाल्चोक को ग्रामिण सडकको स्तर उन्नती को शुरुवात गरीने भएको छ ।
छनौट भएका सडकहरुमा भदौरे – सिन्धु धुसिनि – कटुन्जे – मेलम्ची बजार – नवलपुर – चौतारा – नौबिसे र टुनिबोटे – मिल डाँडा – मांखा – चिम्लिङ – मानेस्वारा – भैरवकुण्ड सडक रहेका छन ।
नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य पूर्व कानुन मन्त्री शेर बहादुर तामाङको बिशेष पहलमा छनौट भएको उक्त्त सडक निर्मामाण योजनामा जिल्लाको दुवै निर्वाचन क्षेत्र अन्तर्गतका १/१ वटा सडकको लागि पहिलो चरण अन्तर्गत ४०÷४० करोड खर्च गरेर कालोपत्रे गर्दै लैजाने योजना रहेको मन्त्री तामाङका बताए ।
आगामी आर्थिक वर्षमा शुरु हुनेगरी जिल्लामा अन्य सडकहरु पनि कालोपत्रेका लागि पहल भैरहेको मन्त्री तामाङले बताए ।