काठमाण्डौ । नेपाल राष्ट्रीय ब्यबसाय महासंघको एक भेलाले बाग्मती प्रदेश अन्तर्गत रसुवा जिल्लाको प्रतिनिधित्वमा सह संयोजक को भुमिकामा होटल ब्यबसायमा सकृय रहेका रसुवाका दिपक पौडेललाई मनोनयन गरेको छ ।
आज भएको एक कार्यक्रमबिच ब्यबसायी पौडेल लाई रसुवाजिल्लाको सह -संयोजक पदमा मनोनयन गरीएको हो ।
जिम्बेवार ब्यबसाय बिकास र संबृद्धिमा हाम्रो प्रतिबद्धता , लगानिको सुनिश्चितत्ता र रोजगारीको शृजना आजको आवस्यकता भन्ने मुल नाराको साथ सम्पन्न भएको कार्यक्रममा बिभिन्न क्षेत्रमा ब्यबसाय गर्ने ब्यबसायी हरुको उलेख्य उपस्थिति रहेको थियो ।
कोभिड -१९ बाट लामो समय देखि थलिएको बजारलाई कसरी सहज र पारदर्शि बनाउन सकिएला भन्ने बिषयमा सो कार्यक्रममा घनिभुत छलफल भएको थियो ।
काठमाण्डौ को नयाँबसपार्क मा ब्यबसाय गरी बस्ने पौडेल होटेल ब्यबसायी संघका पदाधिकारी समेत रहेका छन ।
बिभिन्न सामाजिक काम मा समेत अग्रसर भुमिका निर्वाह गर्ने दिपक पौडेल को नेतृत्वले रसुवा र काठमाण्डौ लाई यो भन्दा सुदर र मर्यादीत ढंगले अगाडी बढाउने बिस्वास लिईएको माथिल्लो समिति बाग्मती प्रदेशले जनाएको छ।