काठमाडौं । सरकारले कोरोना संक्रमणलाई रोक्ने उपाय भन्दै उपत्यकामा निषेधाज्ञा जारी गर्ने घोषणा गरेपछि उपत्यकाबाट गाउँ फर्कनेहरुको संख्या ह्वात्तै बढ्यो । निषेधाज्ञा को पुर्व सन्ध्या सम्ममा धेरै मानिसहरु ले उपत्यका छोडेका छन्।
उपत्यकाबाट मानिसहरु गाउँतिर लागेसँगै गाउँमा भने त्रास उत्पन्न हुन थालेको छ ।
निषेधाज्ञा घोषणा भए संगै खाध्य सामग्री को भाउमा समेत केहि बृद्धिभएको र यो अस्वभाबिक भएको उपभोक्ता हरुको गुनासो रहेको छ ।
भौतिक दुरी ,माक्स ,स्यानिटाईजर लगाएतका संक्रमण रोक्ने उपायहरुको कहिँपनि पालना नभएको जानकारहरु बताउछन्।
मानिसहरु उपत्यका बाट बाहिरिने क्रम संगै काठमाण्डौ मादेखिएको सडक जाम र भिडभाड अनि यात्रुहरुको सास्ती हेर्दा यो ठाउँमा राज्यको उपस्थिति सुन्य जस्तै देखिएको काठमाण्डौ बाट बाहिरीदै गरेका एक सर्वसाधरणले गुनासो गरे ।
हिजो र आज करिव करिव दिन भर जस्तै काठमाण्डौको सडक अस्तब्यस्तनै रह्यो । आज को सडक जाम त्रीपुरेस्वर देखि नागढुंगा सम्म नयाँबसपार्क देखि कलंकि सम्म देखिएको थियो ।