सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सामुदायिक आइसोलेसन लाई ग्रील ब्यबसायी को सहयोग

काठमाण्डौ  ।  चन्द्रागीरी नगरपालिकाले संचालन  गर्न  लागेको सामुदयिक आइसोलेसन सेन्टरको  लागी ग्रील तथा स्टील  ब्यबसायी संघ काठ्माण्डौ पश्चिम क्षेत्र अन्तर्गत को कुलेस्वर ,कलंकी थानकोट ,किर्तीपुर दक्षिणकाली इकाईका  अध्यक्ष दिनेश कुमार  दाहाल (दारी बा ) को  पहलमा सहयोग उपलब्ध  गराएको हो  ।

ग्रील तथा स्टील ब्यबसायी महासंघ ले प्रतिवद्धता जनाएअनुसार  ग्रील  तथा  स्टील  ब्यबसायमा प्रयोग भैइरहेका अक्सिजनका सिलिण्डर संबन्धित निकायलाई हस्तान्तरण गर्ने अभियान  अन्तरगत श्री कृष्ण मेटल  उद्दोगमा रहेको ३ थान सिलिण्डर चन्द्रागीरी नगरपालिकाका मेयर घनश्याम गिरी को उपस्थितिमा श्री कृष्ण मेटल का संचालक दिनेश कुमार दाहाल (दारी बा )ले सो आईसोलेसन सेन्टरलाई हस्तान्तरण गरेका  हुन्।

अक्सिजन सिलिण्डर को अलवा दारीबाले पाईडल स्यानिटाईजर १ थान ,२०० लिटर को ट्याङ्कि सहित  को  ह्याण्डवास  चन्द्रागीरी नगरपालिका वडानं ८ का  वडाध्यक्ष सन्तोष खड्का लाई हस्तानतरण गरेका  हुन्।

उक्त कार्यक्रम मा नगरपालिकाका  सबै वडाअध्यक्षहरु तथा  ग्रील तथा  स्टील ब्यबसायी महासंघका  कोषाध्यक्ष कमलमान श्रेष्ठ ,काठमाण्डौ जिल्लाका  उपाध्यक्ष बिष्णु डंगोल  पश्चिम क्षेत्रीय सचिव सालिकराम सुबेदीको पनि  उपस्थिति रहेको थियो ।

काठमाण्डौ जिल्लाका उपाध्यक्षले  ७ बक्सा  माक्स र  सालिकराम सुबेदीले ५ लिटर स्यानिटाईजर पनि सहयोग गर्नु भएको थियो ।

ग्रील तथा  स्टील ब्यबसायी संघ यो समाज को  हरेक  दुख शुख को सहयात्री बन्ने भएकोले यसरी आपत बिपत परेको बेलामा सहयोग  गर्नु आफ्नो कर्तब्य  भएको सो ईकाइ का अध्यक्ष दारी बाले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »