नेपालगन्ज,माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था नेपालगन्जद्वारा नेपालगन्ज मेडिकल कलेजलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ। कोरोना भाइरस महामारीमा खटिएका कर्मचारी र स्वास्थ्यकर्मीलाई लक्ष्ति गरेर माक्स, टोपी, सेनिटाइजर लगायतका सामाग्री प्रदान गरिएको बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रसिद अहमद कुरेशीले जानकारी दिनु भयो ।
कोब्जिड वार्डमा खटिने स्वास्थ्यकर्मीको सुरुक्षाका लागि सहकारीले स्वास्थ्य सामाग्री प्रदान गरेको अध्यक्ष कुरेशीको भनाई छ । बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रसिद अहमद कुरेशीले आज एक कार्यक्रमका बिच मेडिकल कलेज नेपालगञ्जका सहायक निर्देशक डाक्टर रोमान किदवाईलाई उक्त सामग्री हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै डा. किदवाईले महामारीमा पाएको उक्त सामग्रीले ठूलो सहयोग पुर्याएको बताउनु भयो। उहाँले स्वास्थ्यकर्मी र कर्मचारीहरु आफ्नो ज्यानको प्रबाह नगरि बिरामीको उपचारमा खटिएको बताउनु भयो।
नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा कार्यरत कर्मचारी र कोभिड वार्ड्मा काम गर्ने नर्सहरुलाई सर्जिकल टोपी ८०० पिस, सर्जिकल माक्स ८०० पिस, एन नाइन्टी फाइप माक्स १६० पिस, सर्जिकल पन्जा १३० पिस र सेनिटाइजर १६० पिस प्रदान गरिएको हो ।
माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रसिद अहमद कुरेशी, सचिब बदरुद्दुजा खाँ, संस्था का सहयोगहाथहरू सफिक अहमद सिद्दिकी, जनता समाजवादी पार्टी (जसपा)नेपाल बाँकेका जिल्ला सदस्य मजहर अली शाहको सहयोगमा स्वास्थ्य सामग्री वितरण गरिएको हो।