सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य, सर्तकता अपनाउन सबैमा अनुरोध: वडाध्यक्ष विकुलाल तामाङ

काठमाडौँ । काभ्रे जिल्लालाई पुर्णरुपमा निषेधाज्ञा जिल्लाकोरुपमा घोषणा गरेको छ । दैनिकरुपमा कोरोना संक्रमितको संख्या बृद्धि हुँदै गएपछि जिल्ला प्रशासनको कार्यलय, प्रत्येक नगरपालिका प्रमुख, पालिका प्रमुखहरुको सल्लाहमा काभ्रे जिल्लालाई पुर्ण निषेधाज्ञा घोषणा गरेको हो ।

तेमाल गाउँपालिकाको वडा नं. १ मा ९ जना र वडा नं. ६ ठुलो पर्सेलमा ८ जना कोरोना संक्रमित भेटिएपछि तेमाल गाउँपालिकाले महत्वपुर्ण काममा बाहेक सबै बन्द गर्न सूचना प्रकाशित गरि पालिकामा निषेधाज्ञा घोषणा गरेको थियो । पालिकाले रेड जोनको रुपमा राखेको वडा नं. १ र वडा नं. ६ ठुलो पर्सेलमा स्वास्थ्यकार्मीको टोली खटाएको थियो ।

वडाध्यक्ष विकुलाल तामाङ मोक्तानको अनुसार अहिले ठुलो पर्सेलमा हल्ला गरे जस्तो अवस्था जटिल नरहेको बताउनु भएको छ । वडा नं. ६ का वडाध्यक्ष तामाङ भन्नु हुन्छ । “यो मौसम परिवर्तनको कारणले केही रुघाखोकीको विरामीहरु देखापरेको हो । पकुवालमा अहिले पनि केही रुघाखोकीको विरामीहरु देखिएको छ । मगर छाप, याङ्सीलमा पनि यस्तै समस्याहरु छन् तर जो बिरामी भनिएको छ । उहाँहरुमा कुनै समस्या देखा परेको छैन तर पनि हामीले स्वास्थ्य मापदण्ड अनुरुप रहन सुझाव दिएका छौ ।”

वडाध्यक्ष तामाङले जानकारी दिए अनुसार नेकपा (माओवादी) केन्द्रको युवा नेता निर बहादुर मोक्तानले वडामा देखिएको स्वास्थ्य समस्यालाई निवारण गर्नका लागि करिब पन्चान्ब्बे हजार बराबरको औषधीहरु उपलब्ध गराएको छ ।

कोरोना संक्रमितको जोखिम बढ्दै गएपछि तेमाल गाउँपालिकाले १० वटा अक्सिजन सहितको आइसोलेशन बेड तयार गरिसकेको स्वास्थ्य शाखाको इन्चार्ज शिवहरी पाठकले सारा खबरलाई जानकारी दिनुभएको छ ।

प्राप्त जानकारी अनुसार एक जनामात्र कोरोना संक्रमितबाट ग्रस्त भएको हुँदा काठमाडौँमा उपचारका लागि सिफारिस गरिएको उहाँले इन्चार्ज पाठकले बताउनु भयो । वडा नं. १ मा पनि कोरोना पोजेटिभ ९ जनामा देखिएता पनि सबैको अवस्था सामान्य रहेको वडाध्यक्ष मान बहादुर श्रेष्ठले जानकारी दिनुभएको छ ।

तेमाल गाउँपालिका वडा नं. ६ ठुलो पर्सेलमा कोरोना संक्रमितकोबारेमा अनावश्यक भन्दा बढी हल्ला फिजाएको हुनाले त्रसित हुनु पर्ने अवस्था नभएको वडाध्यक्ष तामाङले बताउनु भयो । “म वडाको प्रत्येक टोल टोलमा स्वास्थ्यकर्मी सहित पुग्ने गरेको छु । अब भोलि देखि यूवा ट्रेकिङ व्यावसायी वा यूवा नेता निर बहादुर मोक्तानले उपलब्ध गराउनु भएको औषधीहरु लिएर म संक्रमित वा रुघाखोकिले ग्रसित विरामीहरु भएको घर घर पुग्ने छु । अवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउँदै सचेत रहनका लागि पनि सबैलाई सम्झाउने छु । कोहि कसैलाई पनि समस्यामा पर्न दिने छैन । ” सारा खबरको पत्रकारसँग उहाँले फोन संवादको क्रममा बताउनु भयो ।

PEACE NEPAL TREKS का Director एवं नेपाल कम्युस्ट पाटी माओबादी केन्द्रका युब नेता निर बहादुर तामाङले सहयाेग गरेका अाैषधी ग्रहण गर्दै वडाध्यक्ष तामाङ र स्वास्थ्यकर्मी ।
Seen by Amita at 16:18

भर्खरै

सम्बन्धित खबर

Language »