नेपालगंज,नेपालगंज मुस्लिम समाज बाँकेले अति विपन्न, दैनिक ज्यालादारी गर्ने गरीब, असहाय, मजदूर, अनाथ र अपांगहरूलाई खाद्यान्न सहयाेग गरेकाे छ ।
काेराेना महामारीका कारण लागू गरिएकाे लकडाउनको बेला उनिहरूलाई कुनै गाह्रो नहोस् भनी १० केजी चावल, १ पैकेट पीठो, १ किलो चिनी, १ किलो दाल, १ किलो नुन, १ लिटर खाने तेल र १ प्याकेट, केजी आलु प्याज़ ५ सोयाबीन सहयोग स्वरूप बाँडिएकाे समाजले जनाएकाे छ ।
नेपालगञ्ज मुस्लिम समाजका अध्यक्ष अब्दुल हकीम हल्वाईले बताउनु भयो ।
नेपालगंज मुस्लिम समाज बाँकेकाका सचीव मेराज अहमद हिमालयले सामाजिक दायित्व तथा मानवीय धर्म निर्वाह गर्नु भएको छ , सचिवका हिमालयले समेत बताउनुभएको छ ।
धम्बोझी गुल्मा पछाडी बसपार्क नजिक बेलासपुर, जैसपुरको मचिस फैक्ट्री पछाडीका अति बिपिन्न असहाय हरूमा १५० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ । नेपालगंज मुस्लिम समाज बाँकेका बरिस्ठ उपअध्यक्ष अब्दुल जलिल मन्सुरी (मुन्ना )ले जानकारी दिए ।