डुडुवा, -नेकपा एमाले डुडुवा गाउँपालिकाले पालिका स्तरीय नेपाल मुस्लिम इत्तेहाद संगठन कमिटी गठन गरेको छ ।
बनकट्टीमा आज भएको भेलाले जलील अन्सरीको अध्यक्ष १५ सदस्यीय कमिटी गठन गरेको हो ।
नेकपा एमाले डुडुवा गाउँपालिका कमिटीका अध्यक्ष शकील खानको प्रमुख आतिथ्यमा सम्पन्न भएको भेलाले उपाध्यक्षमा समीम शेष, सचिव रमजान शेष, सह-सचिव शरीफ शेष र कोषाध्यक्ष नसरुद्दीन खाँलाई चयन गरेको छ ।
करिब एक सय जनाको सहभागिता रहेको भेलाले सदस्यहरुमा तसलीम दर्जी, नजीर दर्जी, साकिर अलि सलमानी, जोखन सलमानी, लल्लन खाँ, साबिर अन्सारी, अलिम दर्जी, तालिम शेष, अब्दुल हासिम खाँ र आरिफ खाँ रहेका छन् ।
भेलामा गाउँपालिकामा बसोवास गर्ने मुस्लिम समुदायमा रहेको विद्यमान समस्या समाधानका लागि चाल्नु पर्ने कदमका बारेमा छलफल भएको थियो । भेलामा जिल्ला सदस्य मोहम्मद सगीर खाँ, सत्यनारायण बर्मा र कैयुम खाँ लगायत पालिका कमिटीका पदाधिकारीको सहभागिता रहेको थियो ।