रिपब्लिकका पाट्रिक सिकले युरो २०२० को उत्कृष्ट गोलको उपाधी जितेको छ। स्कटल्याण्डविरुद्ध लामो दुरिबाट उनले गरेको प्रहारले गोलमा परिणत भएको थियो।
करिब ५० मिटरको दुरिबाट गरेको प्रहार स्कटल्याण्डका गोलरक्षक डेभिड मार्शललाई बिट गर्दै गोल गरे। युइएफएको वेबसाईटमा उक्त गोललाइ करिब आठ लाखले भोट दिएका थिए ।
सिकले युरो कपमा प्रभावशाली प्रदशन गर्दै ५ गोल गर्न सफल भएका थिए। पोर्चुगलका स्टार रोनाल्डोले पनि ५ गोल गरेका थिए। यद्यपि, रोनाल्डोले शिर्ष गोलकर्ताको उपाधी हात पर्न सफल रह्यो।
चेक रिपब्लिकले क्वार्टर फाइनलसम्मको यात्रा तय गरेको थियो। डेनमार्कसंग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिन पुगेका थिए।