माधव नेपाल पक्षले नयाँ दल दर्ताको तयारी गरेको छ । दलको नाम नेकपा एमाले (समाजवादी) राखिने छ । चुनाव चिह्न खुला किताब रहने नेता जगन्नाथ खतिवडाले बताए ।
सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि नेकपा एमाले औपचारिक रूपमा विभाजनतर्फ अग्रसर भएको छ ।