नेपालगंज, २०७८ नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाँकेले कोभिड १९ को तेस्रो लहरको पूर्वतयारी तथा व्यवस्थापनका लागि खजुरा गाँउपालिकाको आइसोलेसन सेन्टरलाई ४ लाख वरावरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
डेनिस रेडक्रसको आर्थिक सहयोगमा रेडक्रस बाँकेद्धारा सञ्चालित कोभिड १९ प्रतिकार्य कार्यक्रम अन्र्तगत आज विहिवार खजुरास्थित पालिकाको आइसोलेसनमा पालिका प्रमुख किस्मत कुमार कक्षपति, उपप्रमुख एकमाया विकलाई रेडक्रस बाँकेका सभापति गोवर्धन सिह सम्झनाले सो सामाग्री हस्तान्तरण गर्नुभयो ।
हस्तान्तरण कार्यक्रममा पालिका प्रमुख कक्षपतिले कोभिड १९ को तेस्रो लहरको सम्भावनालाई ध्यान दिदै ५० शैयाको सुविधा सम्पन्न आइसोलेसन सेन्टर स्थापना गरेको वताउनु भयो । साथै, रेडक्रसले अत्यावश्यक सामाग्री हस्तान्तरणले आफुहरुलाई कोभिड १९ विरुद्ध लड्न सहज हुने विचार व्यक्त गर्नु भयो ।
पालिकाले सवैसंग हातेमालो गर्दै कोभिड १९ विरुद्धको अभियानमा काम गरिरहेको स्मरण गर्दै रेडक्रसको सहयोग सदै प्राप्त हने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा शुशिल कोइराला क्यान्सर अस्पतालका प्रमुख डा कृष्ण प्रसाद आचार्यले स्वास्थ्यकर्मीकालागि प्रयाप्त सामाग्री हुँदा मनोवल वढ्ने र उपचारमा सहज हुने वताउनुभयो ।
रेडक्रस बाँकेका सभापति गोवर्धन सिह संझनाले कोभिड १९ विरुद्धको अभियानमा रेडक्रस स्थानिय सरकारसग सधै साथ साथै रहने बताउदै विगत झै सहयोग निरन्तर हुदै जाने जानकारी समेत दिनुभएको थियो । हस्तान्तरण कार्यक्रममा माक्स ५००० थान, सेनिटाइजर ५०० एमएलको १७० थान, अक्सिजन सिलिन्डर ५ थान, सोडियम क्लोराइड ३० जार, पिपिई ८५ थान वितरण गरिएको सुचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले वताउनु भयो ।
हस्तान्तरण कार्यक्रममा उप प्रमुख विक, रेडक्रस बाँकेका कोषाध्यक्ष राकेश कुमार श्रीवास्तव, खजुरा गाँउपालिकाका प्रमुख कार्यकारी अधिकृत मणिराम खराल, रेडक्रस बाँकेका वरिष्ठ शाखा अधिकृत दोलख वहादुर डाँगी लगाएतको सहभागीता रहेको थियो ।