सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरे


नेपालगन्ज,बाँकेको नेपालगन्जमा रक्तदान जीवनदान मूल नाराका साथ कोरोना महामारीको कारण रक्त सञ्चार सेवाहरुमा भई रहेको रगत अभावलाई ध्यानमा राखी विभिन्न ११ वटा संघ संस्थाहरुद्वारा आयोजित रक्तदान कार्यक्रममा ७५ जनाले मंगलवार रक्तदान गरेका छन् । सो कार्यक्रममा नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका वरिष्ठ फिजिसियन डा. सुभाष योगीले १ पिन्ट रगत दिएर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

भने रक्तदान जीवनदान मूल नाराका साथ आयोजित रक्तदान कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जका अध्यक्ष दिपेन्द्र श्रेष्ठले रगत संकलन गर्ने पाकेट प्राविधिकलाई हस्तान्तरण गर्नुभएको थियो ।

May be an image of 11 people, including Nandlal Baish, JC Chiranjivi Gautam and Jc Aditya Gupta Adi, people sitting, people standing and indoor

सो रक्तदान कार्यक्रममा राजेश शर्मा, टंक बोहरा, महेन्द्र बिष्ट, आशीष जायसवाल, रवि थापा, मोहम्मद करीम मियाँ, अनुज शर्मा, रोशन केसी, बिजय चौधरी, पूजा कडेल, पूजा चन्द, मुस्कान रिजाल, शरद रिजाल, धिरज कुमार दास, प्रकाश थारु, बिशाल थारु, भुवन खडका, दिपेश गजमेर, अदित थारु, किरन ओली, अमृत तामाङ्ग, सिद्धाथ थापा, डा. मनजीत कुमार, नितिन कार्की, नरेन्द्र शाह, बिशेष भुषाल, कल्पना केसी, व्यापक राज शोली, तिलक नाथ यादव, हरि राना, राजु सुवेदी, मनोज ओली, निराजन शाही, संदिप श्रेष्ठ, निलराज अधिककारी, माधव प्रसाद बेल्वासे, प्रिन्स गुप्ता, मिथिलेश कुमार चौरसिया, दिपक गिरी लगायतले रक्तदान गर्नुभएको थियो ।

No description available.

रक्तदान कार्यक्रमको संयोजकमा जेसी आदित्य गुप्ता, सह–संयोजकमा जेसी प्रकाश कुवँर र नेपालगन्ज जेसीज २०२१ का अध्यक्ष रेशमलाल चपागाई लगायतको सहभागिता रहेको थियो भने सो कार्यक्रममा प्राविधिकलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।

No description available.

नेपालगन्जको सुर्खेतरोडमा रहेको वेष्टर्न मलमा रक्तदान कार्यक्रमको आयोजना गरिएको, प्रायोजकमा सामानता बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपालगन्ज रहेको, आयोजकमा नेपालगन्ज जेसीज, कसौंधन बैश्य समाज युवा मञ्च नेपालगन्ज, बास, सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्ज, नेपाल मानव धर्म नेपालगन्ज, बेटर बाँके लगायत संघ संस्थाको आयोजनामा रक्तदान गरिएको थियो ।

May be an image of ‎4 people, including Mangal GM and Jc Aditya Gupta Adi, people standing and ‎text that says '‎कोरो. मारीको कार अभावलाई भईरहेको संचार सेवाह राखि आर कार DONATE BLOOD SAVE LIFE H RALPHLALRE HERMES ARMANI PRADA नलाहन पार्टनर: or &G Book Now @ WESTERN MALL भदी ৭६ Te समानता बवत तथा सहकारी संस्था गारक DN VES बेतरोड, नेपालगंज दोखो नेपालगंज सुखंतराड-१ بحมدد_محه ERN MALI‎'‎‎

सो रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका होमराज गिरी, सुनिल रत्गैया, महेश राना क्षेत्री, खगेन्द्र भट्टराई, केसरसिंह डाँगी, प्राविधिकमा सहयोग गर्नु भएको थियो । कसौधन वैश्य समज युवा मन्च, बाँकेका अध्यक्ष आदित्य कुमार गुप्ताले जानकारी दिनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »