सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

युनेस्को आयोगद्धारा बिपन्न परिवार र बालबालिकालाई मास्क वितरण

मंसुर अली

नेपालगञ्ज, युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगले बाँकेका मदरसामा अध्ययनरत बालबालिका, विद्यालयका बिद्यार्थि, विपन्न परिवार र अनाथ बालबालिकालाई मास्क वितरण गरेको छ ।

कोरियन युनेस्को आयोगद्धारा प्राप्त भएको मास्कलाई बाँके युनेस्को क्लबको समन्वयमा नेपालगन्जमा वितरण गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सह सचवि डा. बाबुराम अधिकारी, नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरात, नफुकनका मानार्थ उपाध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य दिपक सरकारले नेपालगन्जका विभिन्न ठाउँमा पुगेर सो मास्क वितरण गर्नुभयो ।

No description available.

बाँकेको भ्रमणमा रहनु भएका आयोगका सहसचिव डा.अधिकारी लगायतको सो टोलीले मदरसा बरकातिया लगायत विभिन्न स्थानमा पुगेर कोभिड १९ विरुद्ध सचेतना फैलाउँदै मदरसाका बालबालिका, विपन्न परिवार, विद्यालय जाने बालबालिका र अनाथ बालबालिकालाई मास्क वितरण गरेको हो ।

No description available.

कोरियन युनेस्को आयोगबाट प्राप्त भएको केएफ ९४ मास्कलाई नेपालगञ्जका विभिन्न ठाउँमा वितरण गर्न पाउँदा खुशी लागेको आयोगका सहसचिव अधिकारीले बताउनुभयो । मास्क वितरणपछि प्रतिक्रिया दिंदै मदरसा बरकातियाका सञ्चालक मौलाना जियाउल मुस्तफा नुरानीले आयोगको टोलीले मदरसामै आएर बालबालिकालाई काुभिड विरुद्ध चेतना प्रदान गर्नुका साथै मास्क समेत वितरण गरेकोमा आयोगप्रति आभार व्यक्त गर्नुभयो ।

No description available.

उहाँले अहिले बालबालिकाहरु जोखिममा रहेको कुराहरु सुनिएकोले बाल बालिकालाई मास्क वितरण र सचेतनामुलक सन्देश दिनु सारै सकारात्मक रहेको बताउनुभयो । आयोगको टोलीले कोभिड १९ नियन्त्रण लगायत युनेस्को आयोगको कामहरुका बारेमा बाँके युनेस्को क्लब लगायत जिल्लाका विभिन्न संघसंस्थाहरुसंग पनि छलफल गरेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »