सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

खानेपानी प्लान्ट हस्तान्तरण


झविलाल शर्मा
नेपालगंज, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले जमुनहा नाकामा आवतजावत गर्ने यात्रुहरुको सहजपानी पिउने व्यवस्थाको लागि १५० लिटर क्षमताको चिसो, तातो र नर्मल पानी सहितकोे खानेपानी प्लान्ट नेपालगंज उपमहानगरपालिकाका का.वा. नगर प्रमुख उमा थापालाई हस्तान्तरण गरेको छ ।


नेपाल रेडक्रस सोसाइटीद्धारा युनिसेफको साझेदारीमा यस नेरेसो बाँके शाखामा संचालित कोभिड १९ पूर्वतयारी तथा प्रतिकार्य अन्र्तगत उक्त खानेपानी प्लान्ट हस्तान्तरण गरिएको हो । कार्यक्रमद्वारा प्वाइन्ट अफ इन्ट्री जमुनहाका लागि खानेपानी प्लान्ट र त्यसको लागि आवश्यक सेड, स्टेव्लाइजर, पानी टङ्की सहितको स्टेण्ड लगायत करीव ४ लाख वरावरको प्लान्टसंग सम्बन्धित सामग्री हस्तान्तरण गएिको छ ।

May be an image of 4 people, including Rakesh Srivastava and Uma Magar, people standing and text that says 'NRCS कीमिड- ۹9 कार्यक्रम unicef© नेपाल रेडक्रस सोसाइटी unicef कोमिड-१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम नेपालगंज उप महानगरपालिकालाई फिल्टर मेशीन सहितको सामाग्री हस्तान्तरण कार्यक्रम २०७ असोज'


नेपालगंज उपमहानगरपालिका का.वा. नगरप्रमुख उमा थापा मगरले नेपाल रेडक्रस सोसाइटीले युनिसेफको साझेदारीमा कोभिडको पहिलो चरणबाट गर्दै आएको सहयोग प्रति आभार व्यक्त गर्नु भयो । रेडक्रस र युनिसेफले स्थायी शुद्ध पानी पिउने व्यवस्था गरेको यो कार्य धेरै सराहनिय रहेको र यसको नियमित सर्भिसिङ्ग लगायतको सुरक्षाको व्यवस्थापन नेपालगंज उपमहानगरपालिकाले गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाका सभापति गोवर्धन सिंह सम्झनाले आफुहरुले नियमित रुपमा विभिन्न दातृनिकायहरुसंग सहकार्य गरि मानव समुदायका लागि आवश्यक सामग्री उपलव्ध गराउदै आइरहेको वताउनु भयो । नेपालगंज उपमहानगरपालिकाले यस विषम परिस्थीतिमा समेत उल्लेखनिय कार्य गरेकोमा प्रंशसा गर्नुभयो भयो । यसले लामो समय नियमित संचालनका लागि उपमहानगरपालिकाबाट रेखदेखमा विशेष ध्यान दिनु पर्ने वताउनु भयो ।

May be an image of 1 person, standing, outdoors and text that says 'कोमड-9 कार्यक्रम unicef unicef नेपाल रेडक्रस सोसाइटी जिल्ला कोमिड-१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम नेपालगंज उप महानगरपालिकालाई फिल्टर मेशीन सहितको सामाग्री कार्यतर ২ गते,'


हस्तान्तरण कार्यक्रममा नेरेसो बाँकेका कोषाध्यक्ष राकेश वहादुर श्रीवास्तव, नेरेसो पिप्रहवा उपशाखाका सभापति गुलावसिंह ठाकुर, बाँके शाखाका उपनिर्देशक दोलख वहादुर डाँगी, युनिसेफ नेपालगंजका प्रकाश आचार्य, नेपालगंज उपमहानगरपालिका १५ का वडा अध्यक्ष बल्लन कवडिया, नेरेसो पिप्रहवा उपशाखाका सचिव रामचन्द्र कलवार र कोषाध्यक्ष निहाल सिंह लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम संचालन नेरेसो बाँकेका कोभिड १९ का सम्पर्क व्यक्ति झविलाल शर्माले गर्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »