सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेलनपुर्वामा १३ करोड लगानीमा आधुनिक कृषि फर्म


नेपालगञ्ज, नेपालगन्जमा १३ करोड लगानीमा आधुनिक कुखुरा पालन ब्यवसाय सुरु भएको छ । बार्षिक डेढ करोड बचत गर्ने योजनाका साथमा यो फर्मको सञ्चालन गरिएको हो ।

पूर्व मन्त्री समेत रहनुभएका प्रतिनिधि सभा सदस्य मो.इस्तियाक राईको परिवारका सदस्यहरुले आधुनिक प्रविधिको प्रयोग गरी बोइलर कुखुरा पालन सुरु गरेका छन् । नेपालगन्ज उप महानगर पालिका वडा नं २१ तेलनपुर्वामा राई परिवारले रजा ग्रुप प्रा. लि. मार्फत १३ करोड बढी लगानी लगाएर अत्याधुनिक खोर निर्माण गरि बोइलर कुखुरा पालन गरेका हुन् ।


तेलनपुर्वामा ५४ कट्ठा क्षेत्रफलमा फैलिएको कुखुरा पालनमा ७५ हजार बोइलर कुखुरा एकै लटमा पालन गर्न सकिने सञ्चालक सदस्य मुक्तार राईले बताउनुभयो । उहाँका अनुसार, करिव ६ महिना अघि देखि निर्माण कार्य सुरु गरेको खोरमा एक लट कुखुरा पालिसकिएको छ । अत्याधुनिक बातानुकुलित खोर निर्माण गरेर पालिएको कुखुराहरु छिटो बढ्ने, रोग कम लाग्ने, दाना पानी खुवाउन धेरै जनशक्ति खर्चिन नपर्ने हुँदा लगाएको लगानी केही बर्षमै उठाउन सकिनेमा विश्वस्त रहेको राईले बताउनुभयो ।

No description available.


संचालक राई भारतमा आफ्नो सफ्टवेयर इन्जिनियरको पढाई पुरा गरेर १२ वर्षसम्म भारत र विभिन्न देशमा आफ्नो पढाई अनुसार काम पनि गर्नुभयो । जव लकडाउन भयो उनी नेपाल फिर्ता हुनुभयो ।

नेपालमै केही उद्योग संचालन गर्नुपर्छ भन्ने लागेर योजना बनाएका उहाँले कुखुराको व्यवसाय रोजेका हुन् । ईन्जिनियर भएर विभिन्न कम्पनिमा कार्य कुशलता निभाइसकेका राईले आफ्नै ठाउँमा केही गरौ भन्ने लागेर कुखुराको व्यवसाय सुरु गरेको बताउनुहुन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »