सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सशस्त्र प्रहरीले अवैध सामान बरामद


मंसूर अली इद्रिशी
नेपालगन्ज, सशस्त्र प्रहरीले अवैध सामान बरामद गर्ने क्रम जारी राखेको छ । नेपालगन्ज जमुनाह बिओपीबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ ।


भारतबाट भन्सार छलि भित्र्याइएको लत्ताकपडा तथा किराना सामान, प्लास्टिकका भाडा, हरियो तरकारी र सुपर पावर सुर्ती बरामद गरिएको सशस्त्र प्रहरी सहायक निरीक्षक योगेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो ।

No description available.


नेपालगन्ज उपमहानगरपालिका–१५ टंकपसरी गाउँ नजिकैबाट बरामद गरिएको १ लाख ९ हजार मूल्य बराबरको सो सामान थप कारवाहीका लागि आज नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी सहायक निरीक्षक शाहीले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »