सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा जनता समाजवादी पार्टी, नेपाल बाकेको वडा स्तरीय भेला सम्पन्न

मंसूर अली इद्रिशी

नेपालगन्ज, जनता समाजबादी पार्टी नेपाल बाकेले वडा नम्बर ८ बुथ समितिको आयोजनामा वडा स्तरीय भेला नेपालगन्जमा सम्पन्न भएको छ ।
बाके नेपालगन्ज उपमहानगरपालिका- ८ नम्बर वार्ड इकाईका सफीक सिद्दिकिको अध्यक्षतामा वडा स्तरीय भेला आज सम्पन्न गरिएको हो ।
भेलामा प्रमुखअतिथी जनता समाजबादी पार्टी नेपालकि लुम्बिनी प्रदेश सदस्य तबस्सुम अन्सारी, विशिष्ट अतिथि जनता समाजवादी पार्टी, नेपाल बाकेका जिल्ला अध्यक्ष कमरुद्दीन राई रहेको थिए ।


उक्त भेलामा बोल्दै सिद्दिकीले आफु यसपालीको चुनाव जितेमा वडा भित्र रहेको सम्पुर्ण समस्य र वडाबासीको घरमा छोरी जन्मिए पश्चात वडाको बजेटबाट नभए व्यक्तिगत रुपमा १० हजार देखि १५ हजार सम्मा सहयोग गर्ने बताउनुभयो ।


उक्त भेलामा अन्सारी मस्जिदका ईमाम एकबाल अन्सारी, वडावासी बाबू शेष, हनिफ शेष, हमीद शेष, मुल्हे सिंहलाई सम्मान गरिएको थियो ।


सोहि भेलामा जनता समाजवादी पार्टी, नेपाल बाकेका जिल्ला उपाध्यक्ष राजन रानामगर, बुद्धिजीवी संगठन बाँके अध्यक्ष वसन्त कनौजिया,बाँके क्षेत्र नं. २(ख) ईन्चार्ज रमारानी बैश्य लगायत पार्टीका नेताहरुको लगायतको सहभागीता रहेको थियो । भने जसपा बाँके सचीव राजेन्द्र विश्वकर्माले कार्यक्रम संचालन गर्नुभएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »