सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राम्रो ढोका सम्म नभएको ब्यारेकमा बसेर काठमाडौं उपत्यकालाई शुरक्षा दिनुपर्ने प्रहरी प्रभागको कथा

काठमाडौं ।   प्रहरी संगठन भित्रका केहि चरित्रहिन व्यक्तिहरूकाे कारण प्रहरीको काम प्रति आम जनमानसमा केहि गुनासो भएपनि प्रहरी संगठन भित्ररहेर निस्वार्थ र पुर्ण व्यवसायीक तथा जनता प्रति उत्तरदायी भुमिका निर्वाह गरीरहेकाहरुको कथा भने अलग्गै छ ।

काठमाडौं जस्तो महंगो बसाई ,एकजनाको तलबले चारजना पालिनु पर्ने, त्यसमाथि दुईजना बच्चा को स्कुल खर्च कसरी पुर्याउन सकिन्छ ? मेरो ठाउँमा तपाई आफैं बसेर हेर्नुस त , कुराकानिको क्रममा एकजना प्रहरी जवानले आफ्नो मनको बह पोख्दै थिए ।

यो बाटोमा त राति बाघ , चितुवा कति भेटिन्छ कति । तर के गर्नु यस्तो ढोका पनि नभएको ठाउँमा बसेर ड्युटी गर्नुपर्छ ।

यसो हेरेको त साँचिकै प्रहरी बस्ने ब्यारेको ढोकानै थिएन । पर्दा लगाएको भरमा बस्ने गरेको पाईयो ।

त्यहाँको पोष्ट इन्चार्ज भन्दै हुनुहुन्थ्यो “वडा अध्यक्ष संग कुराकानि गरेको छु ,अब केहि दिनमा बन्ला कि” यहाँ वरीपरी तारको जालि लगाएर ढोका अलि राम्रो हाल्न पाए बस्न केहि सहज हुने थियो ।

“यो जग्गा निकुन्जको भएकोले यहाँ ठुलो भवन बनाउन पाईन्न , त्यहि भएर नबनाएको होला ” सई साप भन्दै हुनुहुन्थ्यो । पारी पट्टिको शौचालय देखाउँदै भन्नुभयो  “ यो भन्दा अगाडीको ईन्चार्ज ले आफ्नै पहलमा  बनाउनु भएको रे ” ।

ईन्चार्जले अलि तल रहेको सम्म जग्गा देखाउँदै त्यहाँ ब्यारेक बनाएर माथि पोष्ट बनाउन पाए देखि समस्याको स्थायी हुन सक्ने बताउनु भयो ।

बन क्षेत्रको जग्गा भएकोले बनाउने प्रकृया झन्झटिलो भएर पनि खासै वास्ता नगरेको हुन सक्ने उहाँको भनाई थियो ।

आफु त सिमित अधिकार लिएर बसेको खेताला मात्र भएकोले निर्णयक काम केहि गर्न नसकेकोमा उहाँले चिन्ता ब्यक्त गर्नु भयो ।

यो कथा होईन ,बास्तबिकता हो , त्यै पनि दुर दराज बिकट ठाउँको होइन , यहिँ काठमाडौं लाई चौबिसै घण्टा शुरक्षा पहरा दिने नुवाकोट र काठमाडौं जोड्ने नाका मुड्खु भन्ज्याङ को हो ।

महानगरीय प्रहरी वृत बालाजु अन्तरगत रहेको महानगरीय प्रहरी प्रभाग मुड्खु को बास्तबिकता यहि थियो ।

सारा खवरको लागि डि बि पराजुलीको फिल्ड रिपोर्ट

भर्खरै

सम्बन्धित खबर

Language »