सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मओवादी केन्द्रसगँ एकता हुँदैन : पूर्वमन्त्री राई


नेपालगन्ज,  जनता समाजवादी पार्टी (जसपा)का नेता एवम पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले नेकपा माओवादी केन्द्रले कम्युनिस्ट विचार नत्यागेसम्म एकताको सम्भावना नरहेको बताउनुभयो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार एक कार्यक्रममा जसपासँग पार्टी एकताको प्रस्ताव राखेपछि नेता राईले तत्काल एकता हुने सम्भावना नरहेको प्रक्रिया दिएका हुन् ।

नेता राईले भने ‘प्रचण्डले जुन विचारका लागि जनयुद्ध लड्नुभयो । त्यो विचार त्यागिसक्नु भएको छ’, राईले भने, ‘कम्युनिस्ट विचार त्योगेर समाजवादी विचार अंगालेर मधेशको उत्पीडित समुदायको पक्षमा लड्ने प्रतिवद्धतता व्यक्त गरे माओवादीसँग एकता हुन सक्छ ।’

कम्युनिस्ट विचार बोकेको माओवादीसँग एकताको कुनै सम्भावना नरहेको नेता राईको भनाइ छ । ‘जसपा लोकतान्त्रिक पार्टी हो । समाजवादउन्मुख विचार बोक्ने पार्टी हो । जबसम्म विचार नै मिल्दैन तबसम्म पार्टी एकता नै सम्भावना हुँदैन’, राईले भने ।

प्रचण्डले जसपासँग एकताको प्रस्ताव गर्दैमा एकता नहुने राईले बताए । पार्टी विचार र सिद्धान्तले चल्ने बताउँदै राईले कुनै व्यक्ति विशेषको चाहमात्रै दुई पार्टी एक नहुने उनले दाबी गरे ।

भर्खरै

सम्बन्धित खबर

Language »