सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

‘कबड्डी–४’ मुस्ताङमा छायांकन हुँदै

काठमाडौं । रामबाबु गुरुङ अहिले आफ्नो नयाँ चलचित्र छायांकनका क्रममा मुस्ताङ पुगेका छन् । ‘कबड्डी–४’ को छायांकनका क्रममा उनी अहिले मुस्ताङमा छन् ।

मुस्ताङमा छायांकन सुरु गरेको आज १० दिन भयो । “हाम्रो यो चलचित्रको छायांकन सबै मुस्ताङमा नै हो,” निर्देशक गुरुङले भने, “३५ दिनको छायांकन सेड्युल छ । यतै सकेर काठमाडौं आउने हो ।” चलचित्रको पोष्टको काम मात्रै काठमाडौंमा हुने छ ।

चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, बुद्दि तामाङ, विजय बराल, मिरुना मगरलगायत कलाकार मुख्य भूमिकामा छन् । यसअघि निषेधाज्ञाभन्दा पहिला नै चलचित्र छायांकनमा जाने तयारी भए पनि कोरोना संक्रमणको त्रासका कारण रोकिएको थियो । त्यसैले यस अगाडि लिएको रिलिज डेट पनि टरिसकेको छ ।

“काठमाडौं आएर पोष्ट प्रोडक्सनको काम थालेपछि रिलिज डेट पनि अनाउन्स गर्छौं,” निर्देशक गुरुङले भने । निर्माण पक्षले । ‘कबड्डी–४लाई फाइनल म्याच अर्थात कबड्डी सिरिजको यो अन्तिम चलचित्र भएको बताएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »