सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

माओवादी केन्द्र निकट सरसफाई मजदुरहरुको उपत्यका बिषेश प्रदेश समितिको शाखा सम्मेलन सम्पन्न : कुल बहादुर मगरको अध्यक्षतामा समिति गठन

काठमाडौं । नेकपा माओवादी केन्द्र निकटको टे«ड युनियन महासंघ अन्तरगत रहेको मजदुर महाशाखाको उपत्यका बिशेष प्रदेश समिति सरसफाई शाखा को प्रथम सम्मेलन सम्राट पार्टी प्यालेस काठमाडौंमा भब्यताको साथ सम्पन्न भएको छ ।
सुबास ढकाल ले सन्चालन गरेको कार्यक्रममा एक राज सुबेदी को सभापतित्व र अखिल नेपाल टे«ड युनियन महासंघका महासचिव सालिकराम काफ्लेको प्रमुख आतित्थ्य रहेको थियो ।
काठमाडौं ,भक्तपुर र ललितपुरमा सरसफाई क्षेत्रमा कार्यरत १०० जना भन्दा बढी मजदुरहरुको सहभागिता रहेको सो कार्यक्रममा मजदुर नेताहरु धनु दाहल र सोमनाथ ढकालको पनि अतिथिको रुपमा उपस्थिति रहेको थियो ।
मिन बहादुर श्रेष्ठ , ज्ञान नारायण श्रेष्ठ र हेमलाल मगरको निर्वाचन समितिले कुल बहादुर मगरको अध्यक्षतामा , गुणराज रायमाझी र देव नारायण श्रेष्ठ उपाध्यक्ष , सुरेन्द्र पराजुली सचिव , भगवती आचार्य सह–सचिव, लक्ष्मी सरु मगर कोषध्यक्ष रहेको ३५ सदस्सीय समितिको निर्बिरोध चयन गरेको थियो ।
कार्यक्रममा बोल्दै वक्ताहरुले नयाँ परिबेष , नयाँ समय अनुरुप बनेको यो समितिले सरसफाई मजदुरको क्षेत्रमा धेरैकामहरु गर्नुपर्ने भएकोले यो बिशेष समितिको सफल कार्यकालको बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »