सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ग्रील तथा स्टील ब्यबसायी संघ काठमाडौं पश्चिम क्षेत्रको आयोजनामा अन्तरकृया कार्यक्रम सम्पन्न

काठमाडौं । ग्रील तथा स्टील ब्यबसायी संघ काठमाडौं पश्चिम क्षत्रले त्यस क्षेत्रबाट ग्रील तथा स्टील ब्यबसायी संघ काठमाडौ र ग्रील तथा स्टील ब्यबसायी महासंघमा प्रतिनिधित्व गरेर जाने पदाधिकारीहरु तथा आफु मातहतमा रहेका पाँचवटा इकाई अध्यक्षहरुको उपस्थितिमा बिबिध बिषयमाथि छलफल तथा अन्तरकृया कार्यक्रम गरेको थियो ।
पश्चिम क्षेत्रका अध्यक्ष शैलेस ठकुरीको शभापतित्व र महासंघका प्रथम उपाध्यक्ष ठुलोबाबु श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
अध्यक्ष शैलेस ठकुरीले प्रस्तुत गरेको कार्यपत्रमाथि सबै बक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए ।
बिषेश गरी कोरोना प्रभाव र फलाम जन्य बस्तुको अस्वभाबिक मुल्य बृद्धिको मारमा परेका ब्यबसायीहरुलाई कसरी माथि उठाउन सकिन्छ भन्ने बिषयमा सबैको ध्यान केन्द्रित भएको थियो ।
ब्यबसायीको स्तर उन्नति का लागि संगठन इकाई देखि महासंघ सम्म मजबुत हुनुपर्ने मा सबैको एकमत नै देखिन्थ्यो ।
पर्याप्त श्रोत र साधनको सम्भावना भएरपनि संस्थालाई समय अनुसार अगाडी बढाउन नसक्नुमा कहाँ कहाँ कस कसको कमजोरी रहेको छ त्यसलाई खोजेर जरैबाट फाल्न नसके यो संस्थाको अवसान हुन सक्ने भन्दै इकाई अध्यक्ष देखि महासंघका पदाधिकारीहरुले चिन्ता समेत ब्यक्त गरेका थिए ।
इकाईका अध्यक्षहरुले महासंघको आसन्न महाधिबेसन र तल्ला निकायहरुको अबिधेसनको समेत समय आईसकेकोले अबको नेतृत्वमा सक्षम र इमान्दार ब्यक्तिलाई पठाउनुपर्ने धारणा ब्यक्त गरेका थिए । टिके प्रथालाई हटाएर लोकतान्त्रिक पद्धति अबलम्बन गर्न समेत उनिहरुले माथिल्लो समितिलाई सुझाव समेत दिएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ठुलोबाबु श्रेष्ठले आवश्यकाता अनुसार नेतृत्वको बिकास हुने हुँदा आम ब्यबसायीले चयन गरेको ब्यक्तीनै समितिको नेतृत्व हुने कुरामा आशंका नगर्न सबैलाई अनुरोध गरेका थिए ।
एक्ला एक्लै ब्यबसाय गर्दा हरेक कुरामा असहज स्थिति पैदा हुन थालेकोले अब ठुलो पुँजि जम्मा गरेर ग्रील उद्दोग बनाउनु को बिकल्प नरहेको प्रमुख अतिथि श्रेष्ठले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »