सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कारकादाँंमा एकसाथ ८ सडक निर्माण

नेपालगञ्ज, सडक स्तरउन्नतीलाई प्राथमिकता दिएको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ कारकाँदौमा एकसाथ आठवटा सडक पिसिसी तथा कालोपत्रेको काम सुरु भएको छ ।

चालु आवमा मात्रै चारवटा पिसिसी सडक र एउटा कालोपत्रेको काम सम्पन्न भईसकेको छ । तीनवटा सडक पिसीसी र कालोपत्रेको काम सुरु भएको वडा अध्यक्ष दिपक वर्माले जानकारी दिनुभयो ।

May be an image of 1 person and outdoors

चालु आवको साउनयता कारकादौं गाउँभित्र ३ वटा र धोवी टोलमा एउटा गरि चारवटा सडक कालोपत्रे भएको छ । यसैगरी लग्दहवादेखि शान्ति नगर हुँदै राधाकृष्ण चोक जोड्ने सडक कालोपत्रे भएको छ ।

तेजनगरमा एउटा कालोपत्रे सडक र एउटा पिसिसी तथा कारकादौंमा थप एउटा गरि तीन वटा सडक हाल निर्माणको क्रममा रहेको वडा अध्यक्ष वर्माले जानकारी दिनुभयो ।

पहिलो वर्षदेखि नै सडक स्तरउन्नतीलाई प्राथमिकता दिएका छौं, वर्माले भन्नुभयो, घना वस्ती र नयाँ वस्ती थपिनेक्रमसँगै सकेसम्म सडक स्तरउन्नतीमा जोड दिएका छौं । हाल निर्माण भईरहेका सडक वडा कार्यालयको आन्तरिक वजेट मार्फत हुन ।

सडक निर्माणको काम गुणस्तरयुक्त बनाउन वडा अध्यक्ष वर्मा दिनरात अनूगमनमा जाने र प्राविधि तथा स्थानीयसँग निरन्तर समन्वय गर्दै आउनुभएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »