सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

द भ्वाइस अफ सिजन ३ का फस्ट रनरफ तारा श्रिष मगर को आवजमा सजिएको कौरा गित सार्वजनिक

काठमाडौं । द भ्वाइस अफ सिजन ३ का फस्ट रनरफ तारा श्रिष मगर को आवजमा सजिएको कौरा गित “जोवन बैना देउ”आज एक कार्यक्रम बिच बिमोचन भएको छ । गीतमा कुमारी बाँठा मगर (मनु)को शब्दमा दुर्लभ जेठामान र तारा श्रीष को स्वर रहेको छ ।


बागबजार स्थित होटल हार्दिकको शभाहलमा पुस्तकका सम्पादक गोबिन्द कँडेल “आँसु”को शभापतित्व र नेपालको राष्ट्रिय गानको रचनाकार प्रदिप कुमार राई “ब्याकुल माईला” को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।


कार्यक्रममा गीति एल्बम “जोवन बैना देउ” बारे बोल्दै संजोग लाफा मगरले बास्तबिक कौडा गीतलाई तोडमोड गरेर दोहोरी जस्तो बनाउने कार्यले कौडा गीत माथि अन्याय भईरहेको ले त्यसमा ध्यान पुर्याउन सर्जक र एल्बम निर्माण पक्षलाई सजग गराएका थिए ।


गायक तथा संगितकार योगेश काजि शाह ले लोक संस्कृतिको संरक्षणले मात्रै कलाकारलाई बास्तबिक परिचय गराउने महसुस भएपछि आफुपनि पप गीत बाट लोक गीत तिर आएको बताए । उनले उपन्यास नै नभएपनि आत्म कथा सम्म लेख्ने चाहना रहेको बताएका थिए ।


प्रमुख अतिथि ब्याकुल माईलाले आफ्नो संस्कृति भन्दा ठुलो अरु हुनै नसक्ने भन्दै यसलाई जोगाएर राख्न लागिपर्ने सबै सर्जक र कलाकार लाई सदैब सम्मान गर्ने बताए । आधुनिकताको जगमा भुल्दै गएको संस्कृतिलाई जोगाउन नयाँ पूस्तालाई प्रशिक्षित गराउनु हामि सबैको दायित्व भएको उनले बताए ।


गुडलक नेपालको अफिसियल युट्युब च्यानल मार्फत दर्शकमाभm ल्याईएको सो गीतमा अनुप राना , प्रिया घर्ति मगर र अन्जलि गुरुङको अभिनय रहेको छ भने नृत्य तथा निर्देशन केशु पुन मगरको रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »